दफा
आवास सुविधा
(१) संवैधानिक निकायका पदाधिकारीलाई आवासको निमित्त नेपाल सरकारबाट सरकारी घरको बन्दोबस्त हुनेछ । सरकारी घरको बन्दोबस्त नभएकोमा वा काठमाडौं उपत्यकामा आफ्नो उपयुक्त घर नभई घर भाडामा लिनु परेमा संवैधानिक निकायका पदाधिकारीलाई घरभाडा बापत प्रतिमास नेपाल सरकारले तोकिदिए बमोजिमको रकम दिइनेछ ।
(२) उपदफा (१) बमोजिम बन्दोबस्त भएको सरकारी घरको मर्मत, सम्भार नेपाल सरकारबाट हुनेछ ।
 (३) निजी घरमा बस्ने संवैधानिक निकायका पदाधिकारीलाई घर मर्मत र सरसफाइको निमित्त मासिक एकहजार पाँचसय रुपैयाँ दिइनेछ ।
(४) यस दफा बमोजिमको सुविधा संवैधानिक निकायका पदाधिकारीलाई आफ्नो पदावधि समाप्त भएको मितिले सात दिनसम्म दिइनेछ ।