नियम
इजलासको समय
 (१) अदालतको कार्य समय सुरु भएको साधारणतयाः आधा घण्टापछि इजलास लाग्नेछ ।
(२) प्रधान न्यायाधीशले अदालतको कार्य समयको बीचमा बढीमा एक घण्टा इजलासको कार्य नहुने गरी विश्रामका लागि तोक्न सक्नेछ ।
(३) नियम ३ को उपनियम (४) बमोजिम अदालतको कार्य समयभन्दा अतिरिक्त समयमा र अदालत बन्द रहेको दिनमा समेत प्रधान न्यायाधीशले इजलास लाग्ने समय तोक्न सक्नेछ ।
(४) उपनियम (३) बमोजिम अतिरिक्त समय इजलास लाग्ने गरी तोकिएकोमा त्यसरी काम गरेको अवधिको अतिरिक्त भत्ताको व्यवस्था गर्न सकिनेछ ।