दफा ११
इजाजतपत्र जारी
(१) दफा १० बमोजिम नियमनकारी निकायले जाँचबुझ गर्दा त्यस्तो अभ्यास, क्रियाकलाप वा संयन्त्र सञ्चालन गर्न उपयुक्त हुने देखिएमा सम्भावित हानि नोक्सानी वा जोखिम बहन गर्न सक्ने गरी तोकिए बमोजिमको धरौटी तथा दस्तुर लिई तोकिए बमोजिमको ढाँचामा इजाजतपत्र जारी गर्नेछ।
(२) उपदफा (१) बमोजिम इजाजतपत्र जारी गर्दा नियमनकारी निकायले त्यस्तो अभ्यास वा क्रियाकलापको प्रकृतिलाई विचार गरी इजाजतपत्रवालाले पूरा गर्नु पर्ने थप शर्तहरु समेत तोक्न सक्नेछ।
(३) दफा ९ बमोजिम प्राप्त निवेदन उपर दफा १० बमोजिम जाँचबुझ गर्दा इजाजतपत्र जारी गर्न मिल्ने नदेखिएमा नियमनकारी निकायले सोको लिखित जानकारी निर्णय भएको मितिले सात दिनभित्र निवेदकलाई दिनु पर्नेछ।