दफा २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,-
(क) “अभ्यास भन्नाले रेडियोधर्मी पदार्थ र अन्य विकिरणका स्रोतबाट थप संसर्ग (एक्स्पोजर) गराउने वा सम्भावित संसर्ग बढाउने वा संसर्गका स्रोत वा मार्ग वा मार्गहरुको सञ्जाललाई परिवर्तन गर्ने मानवीय क्रियाकलाप सम्झनु पर्छ।
(ख) “आयनीकरण गर्ने विकिरण (आयोनाइजिङ रेडिएसन)” भन्नाले जैविक पदार्थमा आयन पेयर्स उत्पादन गर्न सक्ने विकिरण सम्झनु पर्छ।
(ग) “इजाजतपत्र” भन्नाले कुनै अभ्यास, क्रियाकलाप वा संयन्त्र सम्बन्धमा निश्चित कार्य गर्न दफा ११ बमोजिम जारी इजाजतपत्र सम्झनु पर्छ।
(घ) “इजाजतपत्रवाला” भन्नाले दफा ११ बमोजिम इजाजतपत्र प्राप्त संस्था सम्झनु पर्छ।
(ङ) “एजेन्सी” भन्नाले अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी सम्झनु पर्छ।
(च) “क्रियाकलाप” भन्नाले आयनीकरण गर्ने विकिरणका स्रोतको उत्पादन, प्रयोग, निकासी, पैठारी तथा रेडियोधर्मी पदार्थको ढुवानी, संयन्त्र (फेसिलिटी) को स्थान निर्धारण, निर्माण, शुरूवात, सञ्चालन र संयन्त्र नष्ट वा बन्द गर्ने, रेडियोधर्मी फोहोरमैला व्यवस्थापन र स्थान (साइट) को पुनर्स्थापना सम्बन्धी कार्य सम्झनु पर्छ।
(छ) “ढुवानी” भन्नाले रेडियोधर्मी पदार्थ उत्पादन वा भण्डारण गरेको स्थानबाट अर्को स्थानसम्म ओसारपसार गर्ने कार्य सम्झनु पर्छ र सो शब्दले त्यस्तो पदार्थ ढुवानी गर्न प्याकेज तयार पार्ने, ढुवानीको साधनमा चढाउने, पारवहनका क्रममा भण्डारण गर्ने र अन्तिम गन्तव्यमा ढुवानीको साधनबाट आओराल्ने कार्यलाई समेत जनाउँछ।
(ज) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।
(झ) “निकासी” भन्नाले रेडियोधर्मी पदार्थ र सो सम्बन्धी उपकरण वा प्रविधि नेपालबाट बाहिर निर्यात गर्ने कार्य सम्झनु पर्छ।
(ज) “नियमनकारी निकाय” भन्नाले दफा ४ बमोजिमको नियमनकारी निकाय सम्झनु पर्छ।
(ट) “निर्देशक समिति” भन्नाले दफा ६ बमोजिमको निर्देशक समिति सम्झनु पर्छ।
(ठ) “निरीक्षक” भन्नाले नियमनकारी निकायबाट दफा २२ को उपदफा (२) बमोजिम खटाएको व्यक्ति सम्झनु पर्छ।
(ड) प्पैठारी” भन्नाले रेडियोधर्मी पदार्थ, सो सम्बन्धी उपकरण वा प्रविधि नेपालभित्र आयात गर्ने कार्य सम्झनु पर्छ।
(ढ) “मन्त्रालय” भन्नाले नेपाल सरकारको विज्ञान तथा प्रविधि विषय हेर्ने मन्त्रालय सम्झनु पर्छ।
(ण) "रेडियोधर्मी पदार्थ” भन्नाले अल्फा कण वा बिटा कण वा गामा-रे जस्ता बिकिरण पैदा गर्न सक्ने पदार्थ सम्झनु पर्छ।
(त) -रेडियोधर्मी फोहोरमैला” भन्नाले यथास्थितिमा प्रयोग हुन नसक्ने र तोकिएको भन्दा बढी मात्रामा आयनीकरण गर्ने विकिरण उत्सर्जन गर्ने कुनै अभ्यास, क्रियापलाप वा संयन्त्रबाट निष्कासित रेडियोधर्मी पदार्थ वा सोसँग संक्रमित चिज वा वस्तुलाई सम्झनु पर्छ।
(थ) ररेडियोधर्मी स्रोत” भन्नाले रेडियोधर्मी पदार्थ र आयनीकरण गर्ने विकिरण उत्सर्जन गर्ने वा फैलाउन सक्ने उपकरण सम्झनु पर्छ।
(द) “वबिपद्" भन्नाले कुनै पनि अभ्यास वा क्रियाकलापमा उत्पन्न भएको आयनीकरण गर्ने विकिरणसँगको संसर्गको कारणले उत्पन्न हुने जोखिम वा खतरा सम्झनु पर्छ।
(ध) “विसर्जन (डिस्पोजल)” भन्नाले उपयोग गरिएको इन्धन वा रेडियोधर्मी फोहोरमैला पुनः उपयोग नगर्ने गरी सुरक्षित बिसर्जन वा विस्थापन गर्ने कार्य सम्झनु पर्छ।
(न) “सुरक्षा” भन्नाले मानिस र वातावरणलाई विकिरणजन्य जोखिमबाट सुरक्षित गर्न अपनाइने उपाय सम्झनु पर्छ।
(प) “स्रोत” भन्नाले आयनीकरण गर्ने विकिरण उत्सर्जन गर्ने वा फैलाउन सक्ने कुनै पनि वस्तु, पदार्थ बा उपकरण सम्झनु पर्छ।
(फ) “संयन्त्र” भन्नाले रेडियोधर्मी पदार्थको उत्पादन, प्रशोधन, प्रयोग, भण्डारण वा विसर्जन गर्ने स्थान सम्झनु पर्छ र सो शब्दले आयनीकरण गर्ने विकिरणबाट सुरक्षा उपाय अवलम्बन गर्नु पर्ने पूर्वाधार समेतलाई जनाउँछ।
(ब) “संस्था” भन्नाले प्रचलित कानून बमोजिम स्थापना वा दर्ता भएको संस्था सम्झनु पर्छ।