दफा ५
इजाजतपत्र रद्द हुन सक्ने
: (१) देहायका अवस्थामा दफा ४ बमोजिम दिइएको इजाजतपत्र रद्द हुनेछ ः-
(क) इजाजतपत्रप्राप्त कम्पनीको चुक्ता पूँजी एक करोड रुपैयाँ नभएको कुरा प्रमाणित भएमा,
(ख) इजाजतपत्रप्राप्त कम्पनीको नेपाल बाहिर कम्तीमा दुईवटा मुलुकमा शाखा, आधिकारिक एजेण्ट वा प्रतिनिधि नरहेको पाइएमा,
(ग) इजाजतपत्रवालाले दफा (४) बमोजिम इजाजतपत्र नवीकरण नगराएमा ।
(२) उपदफा (१) मा लेखिएदेखि बाहेक कुनै इजाजतपत्रवालाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत अन्य कुनै काम गरेमा विभागले त्यस्तो इजाजतपत्रवालालाई मनासिब माफिकको समय दिई सो काम सुधार गर्न मौका दिनेछ । त्यसरी मौका दिँदा पनि इजाजतपत्रवालाले आफ्नो काममा सुधार नगरेमा विभागले निजलाई दिएको इजाजतपत्र रद्द गर्नेछ ।
तर त्यसरी इजाजतपत्र रद्द गर्नुअघि निजलाई सफाई पेश गर्ने मौकाबाट वञ्चित गरिने छैन ।