दफा २
परिभाषा
:विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “बहुविधिक ढुवानी (मल्टी मोडल ट्रान्सपोर्टेशन)” भन्नाले बहुविधिक ढुवानी करारको आधारमा मालसामान ढुवानी गर्ने कार्य सम्झनु पर्छ
(ख) “बहुविधिक ढुवानी करार” भन्नाले बहुविधिक ढुवानी सञ्चालनकर्ताले नेपाल राज्यको कुनै एक स्थानमा रहेको पे्रषकबाट मालसामान बुझिलिई नेपाल राज्य बाहिरको तोकिएको कुनै स्थानसम्म दुई वा दुईभन्दा बढी फरक यातायातको साधन प्रयोग
गरी मालसामान हस्तान्तरण गर्न प्रेषक र बहुविधिक ढुवानी सञ्चालनकर्ता बीच भएको करार सम्झनु पर्छ ।
(ग) “बहुविधिक ढुवानी सञ्चालनकर्ता” भन्नाले बहुविधिक ढुवानी सेवा सञ्चालन गर्न दफा ४ बमोजिम इजाजतपत्र प्राप्त कम्पनी सम्झनु पर्छ ।
(घ) “विभाग” भन्नाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य विभाग सम्झनु पर्छ ।
(ङ) “प्रेषक (कन्साईनर)” भन्नाले मालसामान हस्तान्तरण गर्ने सम्बन्धमा बहुविधिक ढुवानी सञ्चालनकर्तासँग बहुविधिक ढुवानी करार गर्ने व्यक्ति सम्झनु पर्छ ।
(च) “प्रापक (कन्साईनी)” भन्नाले बहुविधिक ढुवानी करार बमोजिम बहुविधिक ढुवानी सञ्चालनकर्ता वा निजको आधिकारिक एजेण्ट वा प्रतिनिधिबाट मालसामान बुझिलिने हक प्राप्त भएको व्यक्ति सम्झनु पर्छ ।
(छ) “बहुविधिक ढुवानीपत्र” भन्नाले बहुविधिक ढुवानी करार बमोजिम बहुविधिक ढुवानी सञ्चालनकर्ताले पे्रषकबाट मालसामान बुझिलिई त्यस्ता मालसामान ढुवानी गरी हस्तान्तरण गर्ने दायित्व स्वीकार गरेको बहुविधिक ढुवानी करारलाई प्रमाणित गर्ने लिखत सम्झनु पर्छ ।
(ज) “विनिमेय अधिकारयुक्त बहुविधिक ढुवानीपत्र (नेगोशियवल मल्टिमोडल ट्रन्सपोर्ट डकुमेण्ट)” भन्नाले निर्देशित व्यक्ति वा वाहकको नाममा जारी भएको वा निर्देशित व्यक्ति वा वाहकले अर्को व्यक्तिलाई दरपीठ गरी वा नगरी हस्तान्तरण गर्न मिल्ने गरी जारी भएको बहुविधिक ढुवानीपत्र सम्झनु पर्छ ।
(झ) “विनिमेय अधिकारविहीन बहुविधिक ढुवानीपत्र (नन्नेगोशियवल मल्टिमोडल ट्रन्सपोर्ट डकुमेण्ट)” भन्नाले प्रापकको नाम उल्लेख भई जारी भएको बहुविधिक ढुवानीपत्र सम्झनु पर्छ ।
(ञ) “हस्तान्तरण” भन्नाले बहुविधिक ढुवानी करार बमोजिम प्रापक वा पे्रषकको लिखित अनुमति बमोजिम तोकिएको कुनै व्यक्तिलाई मालसामान बुझाउने कार्य सम्झनु पर्छ ।
(ट) “जिम्मा लिएको” भन्नाले बहुविधिक ढुवानी करार बमोजिम ढुवानी भएको मालसामान प्रापकलाई हस्तान्तरण गर्नका लागि बहुविधिक ढुवानी सञ्चालनकर्ताले प्रेषकबाट मालसामान बुझिलिने काम सम्झनु पर्छ ।
(ठ) “मालसामान” भन्नाले कन्टेनर वा प्याक भएको वा नभएको डिब्बा, प्यालेट वा त्यस्तै प्रकृतिका ढुवानीका मालसामान र जीवित जीवजन्तु समेत सम्झनु पर्छ ।
(ड) “एस.डी.आर.(स्पेशल ड्रईङ्ग राइट्स)” भन्नाले अन्तर्राष्ट्रिय मुद्रा कोषले समय समयमा परिभाषा गरे बमोजिमको एस.डी.आर.सम्झनु पर्छ ।
(ढ) “दरपीठ” भन्नाले बहुविधिक ढुवानीपत्रमा उल्लिखित मालसामानको स्वामित्व बहुविधिक ढुवानी करार बमोजिम तोकिएको व्यक्तिलाई हस्तान्तरण गर्नका लागि बहुविधिक ढुवानीपत्रको अग्रभाग वा पछाडिपट्टि देखिने गरी कैफियत उल्लेख गरी प्रापकले दस्तखत गर्ने काम सम्झनु पर्छ ।
(ण) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।