नियम
इजाजतपत्र लिनु पर्ने र टाँचा लगाउनु पर्ने –
(१) यस नियमावली बमोजिम अधिकार प्राप्त अधिकारीबाट इजाजतपत्र नलिई कसैले कुनै किसिमको वन पैदावार उपलब्ध गर्न, सङ्कलन गर्न,हटाउन, बिक्री वितरण गर्न, निकासी गर्न वा ओसारपसार गर्न हुँदैन र उपरोक्त उद्देश्यले वन क्षेत्रभित्र प्र्रवेश गर्न समेत हुँदैन ।(२) ऐनको दफा २२ को उपदफा (२) बमोजिम इजाजतपत्र प्राप्त गरेको कुनै व्यक्ति वा निकायले वनमा कुनै काठ वा दाउरा काट्दा टुक्रायाउँदा वा त्यसको निकासी गर्दा इजाजतपत्रमा उल्लेख भएको तथा नेपाल सरकारले निर्धारण गरेको शर्तहरु अनिवार्य रुपले पालना गर्नुु पर्नेछ ।(३) वनको काठ वा दाउरा काट्दा, टुक्रायाउँदा, उपभोग गर्दा, हटाउँदा, बिक्री वितरण गर्दा,
ओसारपसार गर्दा वा निकासी गर्दा विभागले तोकिदिएको टाँचा लगाउनु पर्नेछ ।
(४) काठ दाउरा वाहेकका अन्य वन पैदावार काट्दा, टुक्¥याउँदा, उपभोग गर्दा, हटाउँदा,बिक्री वितरण गर्दा, ओसारपसार गर्दा वा निकासी गर्दा नेपाल सरकारले निर्धारण गरेको कार्यविधिको अधिनमा रही गर्नु पर्नेछ ।