नियम २९
उजुरी गर्न सक्ने
(१) ऐनको दफा १८ बमोजिम उपचारको क्रममा कुनै बिरामीको स्वास्थ्यमा थप जटिलता देखा परेमा वा उपचारको प्रक्रियामा निजलाई कुनै आशङ्का भएमा सोही व्यहोरा खुलाई देहायका पदाधिकारी समक्ष बिरामी वा संरक्षक वा निजलाई उपचार गराउन ल्याउने: व्यक्तिले लिखित रुपमा उजूरी गर्न सक्नेछ:-

(क) स्वास्थ्य संस्थाको प्रमुख बाहेकका अन्य स्वास्थ्यकर्मीले उपचार गरेको भए सम्बन्धित: स्वास्थ्य संस्थाको प्रमुख समक्ष,

(ख) स्वास्थ्य संस्थाको प्रमुखले उपचार गरेको भए सो स्वास्थ्य संस्थाभन्दा माथिल्लो स्वास्थ्य संस्थाको प्रमुख समक्ष ।

(२) उपनियम (१) बमोजिम उजूरी परेकोमा सम्बन्धित अधिकारीले _तत्काल सम्बन्धित स्वास्थ्यकर्मी वा स्वास्थ्य प्रमुखसँग बुझी आवश्यक जाँचबुझ गर्नु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम जाँचबुझ गर्दा उजुरीमा उल्लेख भएको व्यहोरा साँचो देखिएमा उपनियम (१) बमोजिमको अधिकारीले त्यस्तो बिरामीको उपचारको लागि कुनै: अर्को स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मी समक्ष वा सोही स्वास्थ्य संस्थाको अर्को स्वास्थ्यकर्मी समक्ष उपचारको लागि पठाउन सक्नेछ ।

(४) उपनियम (२) बमोजिमको जाँचबुझको क्रममा ऐन वा यस नियमावली विपरीतको काम भए गरेको देखिएमा उपनियम (१) बमोजिमको अधिकारीले त्यस्तो स्वास्थ्यकर्मी वा स्वास्थ्य प्रमुखलाई कारबाहीको लागि सम्बन्धित निकाय समक्ष लेखी पठाउनु पर्नेछ ।