दफा १७
उपचार खर्च
(१) संवैधानिक निकायका पदाधिकारी आफू बिरामी भई उपचार गराउँदा देहाय बमोजिमको उपचार खर्च पाउनेछ ः–
(क) स्वदेशमा अस्पतालमा भर्ना हँुदा र उपचार गराउँदा लागेको अस्पतालको बिल बमोजिमको खर्च र अस्पतालको चिकित्सकको पे्रस्क्रिप्शन बमोजिम खरिद गरेको औषधि खर्च,
तर चिकित्सकको पे्रस्क्रिप्शनमा रोगको निदान (डाइग्नोसिस) उल्लेख भएको हुनु पर्नेछ ।
(ख) प्लास्टिक सर्जरी बाहेक सबै किसिमको चिरफार (सर्जिकल अपरेशन) गर्दा लागेको बिल बमोजिमको खर्च ।
तर निजी नर्सिङ्ग होममा चिरफार गरेको खर्च भने दिइने छैन ।
(ग) चश्मा, दाँत, एयरफोन आदि उपकरणको लागि तोकिए बमोजिम बिल बमोजिमको खर्च ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुल सेवा अवधिभर संवैधानिक निकायका पदाधिकारीले पाउने बाह्र महिनाको पारिश्रमिक भन्दा बढी रकमको उपचार खर्च दिइने छैन ।
(३) नेपाल सरकारद्वारा नियुक्त चिकित्सकहरूको समितिले नेपाल भित्र औषधि उपचार हुन नसक्ने भनी सिफारिश गरेमा विदेशमा गई उपचार गराउन चाहने संवैधानिक निकायका पदाधिकारीलाई उपदफा (१) बमोजिम पाउने उपचार खर्चको अतिरिक्त नेपाल सरकारले उचित ठहराएको थप आर्थिक सहायता दिन सक्नेछ ।
(४) यस दफा बमोजिम पाउने उपचार खर्च लिन नपाउँदै संवैधानिक निकायका पदाधिकारीको मृत्यु भएमा त्यस्तो उपचार खर्च दफा १९ को उपदफा (१) मा तोकिएको व्यक्तिले लिन पाउनेछ ।
(५) संवैधानिक निकायका पदाधिकारीको सगोलको पति, पत्नी, आमा, बाबु, छोरा वा छोरी बिरामी भएमा उपदफा (२) बमोजिम पाउने अधिकतम उपचार खर्चको रकमबाट कट्टा हुने गरी सो रकमको आधासम्म बिल बमोजिम भएको उपचार खर्चको नब्बे प्रतिशत रकम संबैधानिक निकायका पदाधिकारीले लिन पाउनेछ । त्यस्तो उपचार खर्च माग गर्दा रोगको निदान (डाईग्नोसिस) उल्लेख गरिएको चिकित्सकको प्रेसक्रिप्शन पनि पेश गर्नु पर्नेछ ।
तर यस उपदफा बमोजिम पाउने उपचार खर्च एक पटकमा त्यस्तो पदाधिकारीको एक महिनाको पारिश्रमिक भन्दा बढी हुने छैन ।
(६) संवैधानिक निकायका पदाधिकारीको सगोलको पति वा पत्नी, आमा, बाबु, छोरा वा छोरी बिरामी भई विदेशमा गई उपचार गराउनु पर्दा वा स्वदेशमै अस्पताल भर्ना भई शल्यक्रिया वा उपचार गराउनु पर्दा अस्पतालमा लागेको बिल बमोजिमको खर्च र अस्पतालको चिकित्सकको प्रेसक्रिप्शन बमोजिम लागेको औषधि उपचार खर्चको नब्बे प्रतिशत रकम उपदफा (२) बमोजिम संवैधानिक निकायका पदाधिकारीले पाउने रकममध्येबाट पाउनेछ ।
(७) उपदफा (५) र (६) मा जुनसुकै कुरा लेखिएको भए तापनि संवैधानिक निकायका पदाधिकारीको सगोलको पति वा पत्नी, आमा वा बाबु, कुनै संवैधानिक पदमा वा सरकारी सेवामा वा सरकारी स्वामित्व वा नियन्त्रण भएको संस्थाको सेवामा बहालवाला कर्मचारी भएमा त्यस्तो उपचार खर्च पाउने छैन ।
(८) संवैधानिक निकायका पदाधिकारीले अवकाश प्राप्त गर्दा उपदफा (२) बमोजिम कुल सेवा अवधिभरमा पाउने उपचार खर्च मध्ये केही लिई वा नलिई उपचार खर्च बाँकी रहेको भए त्यस्तो बाँकी भएजति रकमको दुई तिहाईको हिसाबले हुने एकमुष्ट रकम त्यस्ता संवैधानिक निकायका पदाधिकारीले अवकाश प्राप्त गरेपछि लिन पाउनेछ ।
तर निवृत्तभरण पाउने गरी सेवाबाट अवकाश पाएको संवैधानिक निकायका पदाधिकारीले त्यस्तो बाँकी भएजति पूरै रकम त्यसरी सेवाबाट अलग हँुदा एकमुष्ट लिन पाउनेछ ।
(९) यस दफा बमोजिम उपचार खर्च माग गर्ने संवैधानिक निकायका पदाधिकारीले कार्यालयमा उपस्थित हुन नसक्ने गरी बिरामी भएको अवस्थामा बिरामी बिदा बाँकी भएसम्म बिरामी बिदा नै माग गर्नु पर्नेछ । बिरामी बिदा नभएमा मात्र अन्य बिदा माग गर्न पाउनेछ ।
(१०) यस दफा बमोजिम संवैधानिक निकायका पदाधिकारीले पाएको उपचार खर्चको विवरण त्यस्ता संवैधानिक निकायको पदाधिकारीको बिदाको अभिलेख र व्यक्तिगत अभिलेखमा राख्नु पर्नेछ ।