दफा १५
उपाध्यक्ष सम्बन्धी व्यवस्था
(१) नेपाल सरकारले परिषद्को कार्यकारी प्रमुखको रुपमा काम गर्न दफा २० बमोजिमको समितिको सिफारिसमा उपाध्यक्षको नियुक्ति गर्नेछ ।
(२) उपाध्यक्षले नेपाल सरकारले तोके बमोजिमको पारिश्रमिक र सुविधा पाउनेछ ।
(३) उपाध्यक्षको पदावधि चार बर्षको हुनेछ ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपाध्यक्षले आफ्नो पद अनुरुपको आचरण नगरेमा, पदीय जिम्मेवारी पूरा नगरेमा वा परिषद्लाई हानी नोक्सानी पुर्याएमा नेपाल सरकारले निजलाई जुनसुकै बखत उपाध्यक्षको पदबाट हटाउन सक्नेछ ।
(५) उपदफा (४) बमोजिम उपाध्यक्षलाई पदबाट हटाउनु अघि निजलाई सफाई पेश गर्ने मौका दिनु पर्नेछ ।
(६) उपाध्यक्षकोसेवाकोअन्य शर्त तोकिए बमोजिम हुनेछ ।