नियम
उपाध्यक्षको काम, कर्तव्य र अधिकार
ऐनमा उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त उपाध्यक्षको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

(क) आयोगबाट निर्णय हुने विषयमा प्रस्ताव तयार गरी आयोग समक्ष पेश गर्ने,

(ख) निर्देशनालय र बोर्डको कार्यको समीक्षा, अनुगमन तथा मूल्याङ्कन गर्ने र आवश्यकता अनुसार निर्देशन दिने,

(ग) प्राज्ञिक कार्यक्रमसँग सम्बन्धित वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा र कार्यान्वयनको ढाँचा स्वीकृत गर्ने,

(घ) आयोग तथा समितिबाट प्रत्यायोजित अन्य काम गर्ने वा गराउने ।