दफा २५
उप–कुलपतिको काम, कर्तव्य र अधिकार
(१) उप–कुलपतिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) विश्वविद्यालयको सबै काम कारवाही उपर उप–कुलपतिको सामान्य नियन्त्रण रहनेछ र निजले विश्वविद्यालयको काम कारवाहीमा निर्देशन दिन र रेखदेख गर्न सक्नेछ ।
(ख) उप–कुलपतिले सभाको निर्णय र निर्देशनहरु कार्यान्वयन गर्नु, गराउनु पर्नेछ ।
(ग) यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियममा कुनै निकाय वा पदाधिकारीले गर्ने भनी उल्लेख भएका कामहरु वाहेक अन्य कामहरु उप–कुलपतिले गर्नेछ । त्यस बमोजिम गरेको कामको जानकारी उप–कुलपतिले तुरुन्त कुलपतिलाई गराउनु पर्नेछ र लगत्तै यसपछि बस्ने सभाको बैठकबाट अनुमोदन गराउनु पर्नेछ ।
(घ) सभामा पेश हुने विषयहरु उप–कुलपति मार्फत पेश हुनेछन् ।
(ङ) उप–कुलपतिको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।