नियम ३५
ऋणको किसिम र प्राथमिकता
ः
(१) यी नियमहरू अन्तर्गत किसानहरूलाई ऋण दिंदा आगामी मुख्य उब्जनीको बालीको कटनी हु“दा फिर्ता भुक्तानी लिने गरी दिनु पर्दछ ।
तर आगामी मुख्य उब्जनी बालीको कटनी हु“दा कुनै किसानले कुनै कारणबश ऋण फिर्ता भुक्तानी गर्न सक्ने अवस्था नभएमा र जिल्ला भूमिसुधार अधिकारीले मुनासिब देखेमा नेपाल सरकारको स्वीकृति लिई त्यस्ता किसानको ऋण फिर्ता भुक्तानी गर्न आवश्यक थप म्याद दिन सक्नेछ ।
(२) किसानहरूलाई खान र खेताला लगाउनको निमित्त ऋण दिंदा एक एक महिनाभन्दा बढी अवधिका लागि एकै पटक ऋण नदिई पटक पटक गरी दिइनेछ ।
(३) किसानलाई ऋण दिंदा निजको नभई नहुने आवश्यकता हेरी अनि मात्र दिईनेछ र मुख्य बाली उठ्न सक्ने रकम भन्दा बढी ऋण दिइने छैन ।
(४) किसानहरूलाई दिइएको ऋणको हिसाब किताब समितिले दुरूस्त राख्नु पर्दछ ।
(५) आफूले किसानलाई दिएको ऋण असूल गर्नको निमित्त समितिले आवश्यक परेमा किसानको चल अचल सम्पत्ति लिलाम बढाबढ गरी असूल उपर गर्न सक्नेछ र त्यस्तो चल अचल सम्पत्तिमा समितिको सबभन्दा पहिलो हकदाबी हुनेछ ।
(६) समितिबाट किसानहरूलाई ऋण दिंइदा ऋण भुक्तानी गर्ने अवधि तोकी कबुलियत गराई दिइनेछ र ऋण भुक्तानी भएपछि त्यसको रसीद अनुसूची–२० मा तोकिए बमोजिमको ढा“चामा दिनु पर्नेछ ।