दफा १११
एक पटक बुझिसकेको साक्षी फेरि बुझ्न नहुने
एक पटक वकपत्र गरिसकेको साक्षीबाट पुन कुनै कुरा बुझ्न सकिने छैन ।
तर त्यस्तो साक्षीबाट नबुझी नहुने कुनै कुरा छुट्न गई न्यायाधीशले कारण खुलाई आदेश गरेमा पुन समाह्वान जारी गरी निजलाई बुझ्न सकिनेछ ।