नियम १९
ऐनको दफा १३ बमोजिम दाखिल भएको फा“टवारी र तत्सम्बन्धमा अन्य सुत्रबाट प्राप्त भएको सूचनाको जा“चबुझ गर्ने कार्यविधि
(१) ऐनको दफा १३ बमोजिम फा“टवारी दाखिल भएपछि भूमिसुधार अधिकारीले स्थानीय निकायको प्रतिनिधि, मालपोत कार्यालय, नापी शाखा र सम्बन्धित अन्य निकाय वा अधिकारीको राय समेत बुझ्नु पर्ने देखिएमा बुझी जग्गा र मोहीको लगत र उपलब्ध भएको अन्य कागज प्रमाण हेरी आवश्यक जा“चबुझ गर्न सक्नेछ ।
(२) जिल्ला भूमिसुधार अधिकारीले आवश्यक देखेमा सम्बन्धित जग्गामा हक दावी गर्न जग्गावाला वा मोहीबाट पेश हुन आएको लिखत प्रमाणहरू पनि जा“चबुझ गर्न सक्नेछन् ।
(३) जिल्ला भूमिसुधार अधिकारीले आवश्यक देखेमा आफै गई वा मातहतका कर्मचारी खटाई सरजमीन समेत बुझ्न लगाउन सक्नेछ ।
(४) दुई वा दुई भन्दा बढी जिल्ला भित्र जग्गा हुने जग्गावालाको जग्गाको सम्बन्धमा उपरोक्त बमोजिम भूमिसुधार अधिकारीहरूले जा“चबुझ गरिसके पछि त्यसको नतीजाको १ प्रति सम्बन्धित जग्गावालाको जग्गा भएको क्षेत्रको अन्य जिल्ला भूमिसुधार अधिकारी छेउ र निज नभएको जिल्लामा भए माल अड्डामा पनि पठाउनु पर्दछ ।
(५) यस नियम बमोजिम भूमिसुधार अधिकारीले जग्गाको फाँटवारी सम्बन्धी जाँचबुझ गर्ने कार्य समाप्त नगरेसम्म त्यस्तो जग्गाको कुनै किसिमले स्वामित्व हस्तान्तरण गर्न वा धितोबन्धक राख्न नपाउने गरी रोक्का राख्न सम्बन्धित मालपोत कार्यालयलाई लेखी पठाउनु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम लेखी आएमा सम्बन्धित मालपोत कार्यालयले त्यस्तो जग्गा रोक्का राखी त्यसको जानकारी सम्बन्धित भूमिसुधार कार्यालयलाई दिनु पर्नेछ ।