दफा ३६
कबुलियत गर्नु पर्ने
(१) कुनै पनि कर्मचारीले अध्ययन, तालिम लिन वा अध्ययन भ्रमण गर्न जानु भन्दा अघि त्यस्तो अध्ययन, तालिम वा अध्ययन भ्रमण पुरा गरी फर्केर आई दफा ३५ बमोजिमको सेवा गर्ने समेत कबुलियत गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम गर्नु पर्ने कबुलियतको ढाँचा तोकिए बमोजिको हुनेछ ।
(३) कुनै पनि कर्मचारीले अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरी वा नगरी सेवा गर्न नआएमा वा दफा ३५ बमोजिम गर्नु पर्ने सेवा अवधि पूरा नगरेमा त्यस्तो कर्मचारीबाट अध्ययन, तालिम वा अध्ययन भ्रमण अवधिभर निजले पाएको तलब भत्ता तथा शिक्षण शुल्क र छात्रवृत्ति रकम समेत असुल गरी निज उपर विभागीय कार्यबाही गरिनेछ ।