नियम ५०
कबुलियती वनको अवधि
(१) कबुलियती वन बढीमा चालिस बर्षसम्मको लागि सुम्पन सकिनेछ ।
(२) उपनियम (१) बमोजिम कबुलियती वनको अवधि निर्धारण गर्दा कार्ययोजना बमोजिम त्यस्तो वनमा लगाईने वन पैदावारको किसिम र त्यस क्षेत्रमा संचालन गरिने कार्यक्रमलाई आधार मानी गर्नु पर्नेछ ।
(३) पट्टावालाले कार्ययोजना र कबुलियतनामा बमोजिम सन्तोषजनक रुपले कबुलियती वन संचालन गरेको देखिएमा र पट्टावालाले चाहेमा त्यस्तो वन क्षेत्रलाई थप चालीस बर्षसम्मको लागि पुन सुम्पन सकिनेछ ।