दफा
कर बुझाउने कर्तव्य

(१) आफ्नो नाममा धारा दर्ता गराउने प्रत्येक व्यक्तिले सो धारा वापत यो ऐन र अन्य प्रचलित नेपाल कानुनबमोजिम लाग्ने करको रकम यस ऐनमा लेखिएबमोजिम बुझाउनु पर्छ ।

(२) उपदफा (१) बमोजिम बुझाउनु पर्ने कर धारा जडान भएको महिनादेखि हिसाब गरी उपदफा (३) बमोजिम मासिक रूपमा बुझाउनु पर्छ ।

स्पष्टीकरण: सम्बन्धित महिनाको जतिसुकै गते धारा जडान गरिएको भए पनि सो पुरै महिनाको कर बुझाउनु पर्छ ।

(३) करदाताले प्रत्येक महिनाको सो कर महिना भूक्तान भएको अर्को महिनासम्ममा तोकिएको अड्डामा बुझाउनु पर्छ ।

तर, यो ऐन प्रारम्भ हुनुभन्दा अघि बुझाउनु बाँकिरहेको कर यो ऐन प्रारम्भ भएको मितिले दुई महिनाभित्र बुझाई सक्नु पर्छ ।

(४) उपदफा (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि करदाताले उपदफा (३) मा लेखिएको म्यादभन्दा अगावै पेश्कीको रूपमा करको रकम बुझाउन चाहेमा जतिसुकै महिनाको पनि बुझाउन सक्नेछ ।