दफा १०
सजाय

कसैले यस ऐन वा अन्य प्रचलित नेपाल कानुनबमोजिम लाग्ने कर छल्ने नियत लिई तोकिएको अड्डामा दर्ता भएको धाराबाट बाहेक अरू कुनै प्रकारले दफा २ को खण्ड (क) मा उल्लेख भएबमोजिम वितरण भएका पानीको उपभोग गरेमा निजलाई तोकिएको अधिकारीको आदेशले रु. १,०००।– एकहजारसम्म जरिवाना वा ३ महिनासम्म कैद वा दुबै सजाय हुन सक्नेछ ।