दफा
परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “धारा” भन्नाले नेपाल सरकारले पाइप लाईनबाट वितरण गरेको पानी उपभोगको निमित्त जडान गरिएको धारालाई सम्झनु पर्छ ।

(ख) “कर” भन्नाले प्रचलित नेपाल कानुनबमोजिम लाग्ने पानी करलाई सम्झनु पर्छ ।

(ग) “करदाता” भन्नाले दफा ४ को उपदफा (१) बमोजिम पानी कर तिर्ने कर्तव्य भएको व्यक्ति, फर्म वा संगठित संस्थालाई सम्झनु पर्छ ।

(घ) “तोकिएको ”वा “तोकिए बमोजिमको” भन्नाले यो ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिमको सम्झनु पर्छ ।