दफा ३३
कर्मचारी परिचालन, जवाफदेहिता र प्रोत्साहन
(१) वित्तीय जानकारी इकाईमा खटिएको कर्मचारी बित्तीय जानकारी इकाईको प्रमुखप्रति जवाफदेही हुनेछ।

(२) वित्तीय जानकारी इकाईको कर्मचारीको कार्यविभाजन वित्तीय जानकारी इकाईको प्रमुखले निर्धारण गरे बमोजिम हुनेछ।

(३) वित्तीय जानकारी इकाईको प्रमुखको कार्यसम्पादन मूल्याङ्कन समन्वय समितिको संयोजकको परामर्शमा निजको सेवाको सर्त सम्बन्धी प्रचलित कानून बमोजिम हुनेछ।

(४) वित्तीय जानकारी इकाईमा खटिएको अन्य कर्मचारीको हकमा वित्तीय जानकारी इकाईको प्रमुखले ऐनको दफा ९ को उपदफा (७) बमोजिम सम्बन्धित अख्तियारवाला समक्ष लेखी पठाएकोमा सो समेतको आधारमा सम्बन्धित अख्तियारवालाले प्रचलित कानून बमोजिम कार्यसम्पादन मूल्याङ्कन गर्नेछ।