नियम ४०
कर्मचारी सम्बन्धी व्यवस्था
(१) बोर्डको प्रयोजनको लागि कार्यालयमा आवश्यक
संख्यामा कर्मचारी रहने छन् ।
(२) उपनियम (१) बमोजिमका कर्मचारीको दरबन्दी संख्या तथा संगठनात्मक
संरचना (अर्गनोग्राम) नेपाल सरकारबाट स्वीकृत भए बमोजिम हुनेछ ।
(३) नेपाल सरकारले उपनियम (१) बमोजिमका कर्मचारी निजामती सेवाबाट वा
सार्वजनिक संस्थानबाट उपलब्ध गराउनेछ । यसरी उपलब्ध हुने कर्मचारीहरूको
पारिश्रमिक र सुविधा बोर्डले निर्धारण गरे अनुसार हुनेछ ।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका कर्मचारीहरू
बोर्डको स्वीकृति लिई कार्यालय आफैले सेवा करारमा नियुक्ति गर्न सक्नेछः–
(क) विशेषज्ञ, सल्लाहकार वा परामर्शदाता,
(ख) कार्यालयको सचिवालयमा काम गर्ने (निजी सचिव, कार्यालय
सचिव, रिसेप्सनिष्ट) कर्मचारी
(ग) कम्प्यूटर अपरेटर,
(घ) हलुका सवारी चालक, मेसेन्जर, कार्यालय सहयोगी वा सो
सरहका अन्य कर्मचारी ।