दफा १९
कर्मचारी सम्बन्धी
(१) परिषद्लाई आवश्यक पर्न कर्मचारी सम्बन्धी सङ्गठन संरचना तथा व्यवस्थापन सर्वेक्षणको प्रतिवेदन नेपाल सरकार, मन्त्रिपरिषद्बाट स्वीकृत भए बमोजिम हुनेछ ।

(२) परिषद्मा रहने कर्मचारीको दरबन्दी, योग्यता, पारिश्रमिक, सेवाका शर्त तथा सुविधा तथा कर्मचारी संघ सम्बन्धी व्यवस्था परिषद्को कर्मचारी प्रशासन सम्बन्धी विनियममा उल्लेख भएं बमोजिम हुनेछ ।

(३) परिषद्मा आवश्यक पर्ने कर्मचारी तत्काल नियुक्त नभएमा वा कुनै कारणले कुनै पद रिक्त भई तत्काल पदपूर्ति हुन नसकेमा पदपूर्ति नभएसम्मको लागि मन्त्रालयले संघीय निजामती सेवाको कुनै कर्मचारीलाई परिषद्मा काम गर्ने गरी खटाउन सक्नेछ ।

(४) परिषद्बाट सम्पादन गर्नु पर्ने कुनै काम परिषद्को जनशक्तिबाट सम्पादन हुन नसक्ने अवस्था भएमा त्यसको कारण खुलाई प्रचलित संघीय कानून बमोजिम विज्ञ वा प्राविधिकको सेवा परामर्श लिन सकिनेछ ।

(५) परिषद्मा नियुक्त कर्मचारीहरुका लागि योगदानमा आधारित निवृत्तिभरण योजना लागू गर्न सकिनेछ ।
(६) परिषद्मा कार्यरत स्थायी कर्मचारीलाई यो ऐन प्रारम्भ भएको मितिले एक वर्षभित्र नेपाल सरकारले एक पटकको लागि संघ, प्रदेश र स्थानीय तहका खेलकुद सम्बन्धी संरचनामा समायोजन गर्न सक्नेछ ।

(७) उपदफा (६) बमोजिमको समायोजन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।