दफा ३३
सजाय
कसैले देहायका कसूर गरेमा देहाय बमोजिम सजाय हुनेछः-
(क) दफा ३२ को खण्ड (क) बमोजिमको कसूर गरेमा निजले सेवन गरेको प्रतिबन्धित औषधिको मात्रा र प्रकृति अनुसार त्यस्तो खेलाडीलाई तोकिए बमोजिमको अवधिको लागि कुनै पनि खेलकुद प्रतियोगितामा भाग लिन नपाउने गरी रोक लगाई पहिलो पटकको लागि दश हजार रुपैयाँसम्म जरिबाना र दोस्रो पटकदेखि प्रत्येक पटक दश हजारदेखि पचास हजार रुपैयाँसम्म जरिबाना,
(ख) दफा ३२ को खण्ड (ख) बमोजिमको कसूर गरेमा दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना,
(ग) दफा ३२ को खण्ड (ग) बमोजिमको कसूर गरेमा तीन वर्ष कैद र पचास हजार रुपैयाँसम्म जरिबाना गरी सो कसूर गर्दा कुनै रकम लेनदेन गरेको भएमा त्यस्तो लेनदेन गरेको रकम समेत जफत,
(घ) दफा ३२ को खण्ड (ग) बमोजिमको कसूर गर्न आदेश वा निर्देशन दिने, त्यस्तो कसुर गर्न दुरुत्साहन दिने, उक्साउने वा मद्दत गर्ने व्यक्तिलाई मुख्य कसूरदार सरह सजाय हुनेछ र त्यस्तो कसूर सार्वजनिक पद धारण गरेको व्यक्ति वा नेपालको प्रतिनिधित्व गर्ने व्यक्तिले विदेशमा गरेको रहेछ भने निजलाई थप तीन वर्षसम्म कैद,
(ङ) दफा ३२ को खण्ड (घ) बमोजिमको कसूर गर्ने पदाधिकारी, प्रशिक्षक, रेफ्री र खेलाडीलाई एक वर्षदेखि तीन वर्षसम्म निलम्बन गरी प्रचलित कानून बमोजिम कारबाही र सजाय,
(च) दफा ३२ को खण्ड (ङ) बमोजिमको कसूर गरेमा प्रचलित कानून बमोजिमको सजाय र तीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना,
(छ) दफा ३२ को खण्ड (च) बमोजिमको कसूर गरेमा त्यस्तो संघको दर्ता खारेज
गरी संघका पदाधिकारीहरुलाई प्रचलित कानून बमोजिम कारबाही ।