दफा
कर्मचारीसम्बन्धी व्यवस्था

(१) समितिको कार्य सञ्चालनको लागि आवश्यक सङ्ख्यामा कर्मचारीहरू रहनेछन् ।
(२) यो आदेश प्रारम्भ हुँदाकाबखत विशेष आर्थिक क्षेत्र आयोजनामा कार्यरत कर्मचारीलाई समितिले आवश्यकताअनुसार तोकिएबमोजिम समितिको कर्मचारीको रूपमा परिणत गर्न सक्नेछ ।
(३) उपदफा (१) तथा (२) बमोजिम कर्मचारीको व्यवस्था नभएसम्मको लागि समितिलाई आवश्यक पर्ने कर्मचारी नेपाल सरकारले उपलव्ध गराउनेछ ।
(४) समितिका कर्मचारीहरूको नियुक्ति, पारिश्रमिक, सुविधा तथा सेवाका शर्तहरू तोकिएबमोजिम हुनेछ ।
(५) उपदफा (४) बमोजिम कर्मचारी नियुक्ति गर्दा सोअघि कर्मचारीको दरबन्दी सम्बन्धमा अर्थ मन्त्रालयको सहमति लिनुपर्नेछ ।