दफा
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यो आदेशमा,–
(क) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।
(ख) “कार्यकारी निर्देशक” भन्नाले दफा ६ बमोजिम नियुक्त भएको वा तोकिएको  कार्यकारी निर्देशक सम्झनु पर्छ ।
(ग) “तोकिएको वा तोकिएबमोजिम” भन्नाले यो आदेशअन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।
(घ) “मन्त्रालय” भन्नाले उद्योग मन्त्रालय सम्झनु पर्छ ।
(ङ) “विशेष आर्थिक क्षेत्र” भन्नाले मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको क्षेत्र सम्झनु पर्छ ।
(च) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्षलाई समेत जनाउँछ ।
(छ) “समिति” भन्नाले दफा ३ बमोजिम गठित विशेष आर्थिक क्षेत्र विकास समिति सम्झनु पर्छ ।