दफा ६५
कसुर गर्न सुयाउने
: यस परिच्छेदमा उल्लिखित कुनै कसुर गर्न सुयाएमा कसुर गर्न सुयाएको कसुर गरेको मानिनेछ ।
(१) यस ऐनकोक्षेत्राधिकारभित्र पर्ने व्यक्तिले दफा ३८ देखि ६५ सम्मका कसुरहरु गरेको अवस्थामा र उल्लिखित कसुरहरु सैनिक सैनिक बीच भएको अवस्थामा वाहेक यस ऐनको क्षेत्राधिकारभित्र पर्ने व्यक्तिले देहाय बमोजिमको कसुर गरेमा सो सम्बन्धी मुद्दा अन्य अदालतको क्षेत्राधिकारभित्र पर्नेछ ः-
(क) हत्या,
(ख) बलात्कार ।
(२) उपदफा (१) बमोजिमको कसुरमा संलग्न भनी आरोपित व्यक्तिहरुलाई सो सम्बन्धमा अपराध अनुसन्धान तहकीकात गर्ने निकाय वा अनुसन्धान अधिकृतको आदेश भएमा त्यस्ता व्यक्तिहरु काम गरिरहेको स्थानको कमाण्डिङ्ग अधिकृत वा पति वा सम्बन्धित अधिकृतले माग गरेको निकाय वा अधिकृतलाई बुझाउनु पर्नेछ । कुनै व्यक्ति सेवा निवृत्त वा भगौडा भएमा पनि प्रचलित कानुन बमोजिम अनुसन्धान र कारबाही गर्न कुनै बाधा पुग्ने छैन ।
(३) अन्य अदालतको क्षेत्राधिकारभित्र परी अनुसन्धानको क्रममा रहेको यस ऐनको क्षेत्राधिकारभित्र पर्ने व्यक्ति थुनामा रहेको अवधि भर र अदालतमा मुद्दा चलेकोमा अन्तिम फैसला नभए सम्म स्वतः निलम्बनमा रहनेछ ।
(४) यस ऐनको क्षेत्राधिकारभित्र पर्ने कुनै व्यक्तिका हकमा अन्य अदालतको क्षेत्राधिकार अन्तर्गतको अपराधमा अनुसन्धान शुरु भैसकेको भए तापनि यस ऐनको क्षेत्राधिकारभित्र पर्ने कसुरका सम्बन्धमा कोर्ट अफ इन्क्वायरी गठन गरी अनुसन्धान गर्न र त्यस्तो व्यक्ति उपर आवश्यक कारबाही चलाउने कार्यमा यस दफाको कुनै कुराले बाधा पुयाएको मानिने छैन ।