दफा २२
कसूर गरेको मानिने
– कसैले देहाय बमोजिमको काम गरेमा निजले यस ऐन बमोजिमको कसूर गरेको मानिनेछ ः–
(क) यस ऐनमा अन्यथा लेखिएकोमा बाहेक प्रवेश अनुमतिपत्र नलिई बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कण्ट्रोल एजेण्ट, लाभदायक कीरा वा माटो पैठारी गरेमा ।
(ख) स्वस्थता प्रमाणपत्र बिना बिरुवा वा बिरुवाजन्य उपज, बायोलोजिकल कण्ट्रोल एजेण्ट, लाभदायक कीरा वा माटो पैठारी गरेमा,
(ग) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम दिइएको आदेश वा तोकिएको कुनै शर्त उल्लङ्घन गरेमा,
(घ) सङ्क्रमित बिरुवा वा बिरुवाजन्य उपज पैठारी गरेमा वा ल्याएमा,
(ङ) जानी जानी वा लापरवाहीपूर्वक सङ्क्रमित बिरुवा, बिरुवाजन्य उपज वा अन्य वस्तुको संसर्ग स्वस्थ्य बिरुवा, बिरुवाजन्य उपज वा अन्य वस्तुसँग गराएमा,
(च) सङ्क्रमित बिरुवा वा बिरुवाजन्य उपज बिक्री वितरण गरेमा,
(छ) पैठारीकर्ताले सङ्क्रमित बिरुवा, बिरुवाजन्य उपज वा अन्य वस्तु तोकिएको प्रक्रिया नपु¥याई नष्ट गरेमा,
(ज) सङ्क्रमित बिरुवा, बिरुवाजन्य उपज वा अन्य वस्तु निरीक्षक वा कार्यालय प्रमुखको स्वीकृति बिना क्वारेन्टाइन स्थलबाट हटाएमा,
(झ) तोकिएको प्रवेश नाका बाहेक अन्य प्रवेश नाकाबाट बिरुवा वा बिरुवाजन्य उपज बायोलोजिकल कण्ट्रोल एजेण्ट, लाभदायक कीरा वा माटो पैठारी गरेमा वा ल्याएमा,
(ञ) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम खानतलासी गर्न, निरीक्षण गर्न वा नमूना सङ्कलन गर्न नदिएमा वा बाधा पु¥याएमा, वा
(ट) निरीक्षकले यस ऐन बमोजिम प्राप्त अधिकार प्रयोग गर्दा निजलाई बाधा पु¥याउने काम
गरेमा ।