दफा ३२
कसूर मानिने
कसैले देहाय बमोजिमका कुनै कार्य गरेमा यो ऐन अन्तर्गतको कसूर गरेको मानिनेछः-
(क) दफा ३०को उपदफा (१) बमोजिम प्रतिबन्धित औषधि सेवन गरेमा,
(ख) दफा ३०को उपदफा (२) बमोजिम प्रतिबन्धित औषधि सेवन गर्न लगाएमा,
(ग) दफा ३१ बमोजिम खेलमा मिलोमतो तथा अनियमितता गरेमा,
(घ) दफा ५६ बमोजिमको आचारसंहिता उल्लङ्घन गरेमा,
(ङ) धर्म, वर्ण, जात, जाति, लिङ्ग, भाषा, क्षेत्र वा वैचारिक आस्थाको आधारमा खेलाडीबीच विभेद वा शारीरिक वा मानसिक हिंसा गरेमा,
(च) झुट्ठा विवरण दिई दफा २६ बमोजिम परिषद्मा दर्ता गरेमा ।