दफा ४
कसूरको जाहेरी दरखास्त वा सूचना दिनु पर्ने
(१) अनुसूची–१ मा उल्लिखित कुनै कसूर भएको, भइरहेको वा हुन लागेको छ भन्ने कुरा थाहा पाउने ब्यक्तिले त्यस्तो कसूरका सम्बन्धमा आफूसँग भएको वा आफूले देखे जाने सम्मको सवुद प्रमाण खुलाई त्यस्तो कुराको लिखित जाहेरी दरखास्त वा मौखिक सूचना वा विद्युतीय माध्यमको सूचना अनुसूची–५ बमोजिमको ढाँचामा नजिकको प्रहरी कार्यालयमा यथाशिघ्र दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको जाहेरी दरखास्त वा सूचना दिने ब्यक्तिले त्यस्तो सूचना लिखित रुपमा नदिएमा वा निजले दिएको जाहेरी दरखास्त अनुसूची–५ बमोजिमको ढाँचा अनुरुप नभएमा निजले दिएको सूचनाका सबै कुराहरु सम्बन्धित प्रहरी कर्मचारीले अनुसूची–५ बमोजिमको ढाँचामा खुलाई निजलाई सो पढी वाची सुनाई निजको सहीछाप समेत गराई राख्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको जाहेरी दरखास्त वा सूचना कुनै ब्यक्तिले सम्बन्धित प्रहरी कार्यालयमा आफै उपस्थित भई दिएमा वा हुलाक वा कुनै व्यक्ति मार्फत् पठाएमा वा विद्युतीय माध्यमबाट सूचना दिएमा त्यस्तो प्रहरी कार्यालयले त्यस्तो जाहेरी दरखास्त वा सूचना दर्ता गरी निजलाई अनुसूची–६ बमोजिमको ढाँचामा भरपाई दिनु पर्नेछ । कसैले विद्युतीय माध्यमबाट सूचना दिएकोमा सोही माध्यमबाट त्यस्तो सूचना पाएको जानकारी गराउनु पर्नेछ ।
(३क) उपदफा (१) बमोजिम हुलाक वा विद्युतीय माध्यमबाट प्राप्त हुन आएको सूचनाको विश्वसनीयता यकिन गर्नु पर्ने भएमा त्यस्तो सूचना दिने व्यक्तिलाई झिकाई प्रहरी कार्यालयले सनाखत गराउन सक्नेछ ।
(४) उपदफा (१), (२) वा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनुसूची–१ मा उल्लिखित कुनै कसूर भएको कुराको सूचना वा जानकारी प्रहरीले अन्य कुनै स्रोतबाट वा आफैँले प्राप्त गरेमा सो सम्बन्धमा अनुसूची–५ मा उल्लिखित विवरण सहितको प्रतिवेदन खडा गर्नु पर्नेछ ।
(५) यस दफा बमोजिमको जाहेरी दरखास्त, सूचना वा उपदफा (४) बमोजिमको प्रतिवेदनलाई प्रहरी कार्यालय वा अनुसन्धान गर्न अधिकारप्राप्त कार्यालय वा अधिकारीले अनुसूची–७ बमोजिमको ढाँचाको दर्ता किताबमा दर्ता गरी राख्नु पर्नेछ ।
(६) उपदफा (१) बमोजिम प्राप्त जाहेरी दरखास्त वा सूचनाको सम्बन्धमा कानूनद्वारा छुट्टै अनुसन्धान गर्ने अधिकारी तोकिएकोमा त्यस्तो अधिकारी समक्ष र छुट्टै अनुसन्धान गर्ने अधिकारी नभएकोमा सम्बन्धित जिल्ला प्रहरी कार्यालय समक्ष पठाउनु पर्नेछ ।
(७) अनुसूची–२ मा उल्लिखित कुनै कसूर सम्बन्धी सूचना दिन चाहने ब्यक्तिले अनुसन्धान गर्न अधिकार प्राप्त कार्यालय वा अधिकारी समक्ष अनुसूची–५ बमोजिमको ढाँचामा सूचना दिनु पर्नेछ ।
(८) उपदफा (७) बमोजिम प्राप्त सूचना सम्बन्धित कार्यालय वा अधिकारीले दर्ता गरी त्यस्तो सूचना दिने ब्यक्तिलाई अनुसूची–६ बमोजिमको ढाँचामा भरपाई दिनु पर्नेछ ।
(९) उपदफा (७) बमोजिमको सूचना सम्बन्धित कार्यालय वा अधिकारी समक्ष दर्ता गर्न तत्काल सम्भव नभएमा त्यस्तो सूचना नजिकको प्रहरी कार्यालयमा पनि दिन सकिनेछ ।
(१०) उपदफा (९) बमोजिम कुनै सूचना प्राप्त हुन आएमा सम्बन्धित प्रहरी कार्यालयले पनि त्यस्तो सूचना उपदफा (३) बमोजिम दर्ता गरी तीन दिनभित्र कारबाहीका लागि सम्बन्धित कार्यालय वा अधिकारी समक्ष पठाउनु पर्नेछ ।