दफा ४५क
कागज सद्दे कीर्ते छुट्याउने अधिकार
(१) दफा ४५ मा उल्लेख भए बमोजिमको ऋण रकम निश्चित गर्दा कागज सद्दे कीर्ते छुट्याउनु पर्ने हुन आएमा ऋण रकम निश्चित गर्ने अधिकारीले प्रचलित कानुनबमोजिम सद्दे कीर्ते छुट्याउन सक्नेछ ।
(२) दफा ३५ बमोजिम ऋण निश्चित गराउने, सिलसिलामा पेश भएको यो दफा प्रारम्भ हुनु भन्दा अगाडिको कुनै लिखतमा आय टिकट टाँसिएको रहेनछ भने अन्य प्रचलित नेपाल कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि तोकिएको अधिकारीले कानुनबमोजिम आय टिकट टाँस्न लगाई सो लिखतका सम्बन्धमा कारवाही गर्न सक्नेछ ।