नियम १८७
काजमा खटाउने अधिकारी
(१) देहायका पदाधिकारी वा कर्मचारीलाई देहाय
बमोजिमका पदाधिकारीले काजमा खटाउन सक्नेछ ः–
काज खटिने पदाधिकारी काजमा खटाउने पदाधिकारी
(क) जिल्ला विकास समितिका पदाधिकारी सभापति
(ख) नगरपालिकाका पदाधिकारी प्रमुख
(ग) गाउ“ विकास समितिका पदाधिकारी अध्यक्ष
(घ) जिल्ला विकास समितिको सचिव जिल्ला भित्र सभापति,
जिल्ला बाहिर
स्थानीय विकास मन्त्रालय
(ङ) नगरपालिकाको सचिव प्रमुख
(च) गाउ“ विकास समितिको सचिव अध्यक्ष
(छ) स्थानीय निकाय अन्तर्गतका
विषयगत शाखा प्रमुख सचिव
(ज) स्थानीय निकायका कर्मचारी सचिव
(२) कुनै पनि स्थानीय निकायको पदाधिकारी वा कर्मचारीलाई मुलुक बाहिर
स्थानीय निकायको काममा भ्रमण वा काजमा खटाउनु पर्दा स्थानीय विकास
मन्त्रालयले खटाउन सक्नेछ ।धधध।बिधअयmmष्ककयष्ल।नयख।लउ
ज्ञटछ
(३) स्थानीय निकायको काममा भ्रमण वा काजमा खटाउ“दा भ्रमण आदेश भरी
अभिलेख राखी भ्रमण वा काजमा खटाउनु पर्नेछ । भ्रमण यथासम्भव कम खर्चिलो
बाटो वा साधनबाट गर्नु पर्ने गरी तोकिदिने कर्तव्य भ्रमण वा काजमा खटाउन सक्ने
अधिकारीको हुनेछ ।