दफा १७
कानून व्यवसायीमा दर्ता गरिने
(१) देहायको योग्यता पुगेको कानून व्यवसायी परीक्षा उतीर्ण गरेको र नैतिक पतन देखिने फौजदारी अपराधमा सजाय नपाएको नेपाली नागरिकलाई मात्र अधिवक्ताको रुपमा दर्ता गरिनेछ:
(क) कानूनमा स्नातक उपाधि प्राप्त गरी न्यायाधीश, सरकारी वकील वा न्याय सेवाको राजपत्रांकित पदमा रही वा कानूनको शिक्षक भई कम्तीमा पाँचवर्ष काम गरी सकेको, वा
(ख) अविच्छिन्न रुपमा कम्तीमा पाँच वर्ष अभिवक्ताको हैसियतले कानून व्यवसाय गरेको र कानूनमा स्नातक उपाधि प्राप्त गरेको, वा
(ग) अविच्छिन्न रुपमा कम्तीमा सात वर्ष अभिवक्ताको हैसियतले रुपमा कानून व्यवसाय गरेको, वा
(घ) कानूनमा स्नातक उपाधि प्राप्त गरेको ।
(२) देहायको योग्यता पुगेको, कानून व्यवसायी परीक्षा उत्तीर्ण गरेको र नैतीक पतन देखिने फौजदारी अपराधमा सजाय नपाएको नेपाली नागरिकलाई संवत् २०७० साल चैत्र मसान्तसम्म अभिवक्ताको रुपमा दर्ता गरिनेछ ।
(क) कानूनमा प्रवीणता प्रमाणपत्र प्राप्त गरेको, वा
(ख) पाँचवर्षसम्म अभिकर्ताको रुपमा कानून व्यवसाय गरेको ।