दफा ७४
कानून सुधारका सम्बन्धमा बैंकसंग परामर्श लिन सक्ने
(१) बैंकको उद्देश्य वा यसको अधिकार क्षेत्र भित्रका मौद्रिक नीति तथा सञ्चालन, कर्जा, शोधनान्तर, विदेशी विनिमय र बैड्ढिड्ड जस्ता विषयसंग सरोकार राख्ने कानूनको संशोधन वा निर्माण वा सो सम्बन्धी कार्य गर्नु अगाडि सम्बन्धित निकायले बैंकसंग परामर्श लिन सक्नेछ । (२) उपदफा (१) बमोजिम माग भएको परामर्श दिनु बैंकको कर्तव्य हुनेछ । (३) बैंकको उद्देश्य वा यसको अधिकार क्षेत्र वा दक्षता भित्रका मौद्रिक नीति तथा सञ्चालन, कर्जा, शोधनान्तर, विदेशी विनिमय र बैड्ढिड्ड जस्ता विषयमा नयाँ कानूनको निर्माण वा भैरहेको कानूनमा संशोधन गर्ने प्रस्ताव नेपाल सरकार समक्ष पेश गर्ने अधिकार बैंकलाई हुनेछ ।