दफा ३९
कामबाट हटाउने
(१) यस ऐन बमोजिमको: परीक्षा सञ्चालनमा संलग्न कर्मचारी वा व्यक्तिले परीक्षा केन्द्रमा कुनै अनियमित काम कारबाही गरेमा त्यस्तो कर्मचारी वा व्यक्तिलाई तत्काल कामबाट हटाउनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम कामबाट हटाइएको कर्मचारी वा व्यक्तिलाई आयोगले अभिलेख राखी भविष्यमा आयोगबाट सञ्चालन हुने कनै पनि परीक्षा सम्बन्धी काममा: संलग्न हुन नपाउने गरी रोक लगाउन सक्नेछ ।

(३) उपदफा (१) बमोजिम कामबाट हटाइएको कर्मचारी वा व्यक्तिको विवरण आयोगले आफ्नो वेबसाइटमा प्रकाशन गर्नेछ ।