नियम ३५
कारखानामा काम लगाउने
(१) राजकाज सम्बन्धी मुद्दाको कैदी वा थुनुवा बाहेक अरु कैदी वा कैदीनीहरुलाई कारागार कारखानामा काम लगाउन सकिनेछ ।
तर राजकाजसम्बन्धी मुद्दाको कैदी वा थुनुवाले चाहेमा कारखानामा काम गर्नलाई यस नियमले बाधा दिने छैन ।
(२) काममा लगाउने कैदी वा थुनुवा झिक्दा काम लगाउने कर्मचारी र
कारागार कार्यालयको कर्मचारी समेत दुवै थरी बसी एक एक गिन्ती गरी लिने दिने
गर्नु पर्छ । सो काममा गएका कैदी वा थुनुवा चिन्ने रेखदेख गर्न नाइके एकजना
समेत पठाउने गर्नु पर्छ ।