दफा ८१
कारण खुलाई तारिख तोक्ने
(१) अदालतले तारिख तोक्दा मुद्दाका पक्षहरुको उपस्थितिमा गर्नु पर्ने प्रत्येक काम खुलाई तोक्नु पर्नेछ र प्रत्येक तारिखका दिन सम्पादन हुने काम तारिख पर्चामा खुलाउनु पर्नेछ ।
(२) तारिख तोकिएको दिन उपदफा (१) बमोजिम तोकिएको काम सम्पादन हुनु पर्नेछ ।
तर तोकिएको तारिखमा कुनै कारणबस तोकिएको काम हुन नसकेमा त्यसकोे कारण खुलाई आदेश पर्चा खडा गरी अर्को तारिख तोक्न सकिनेछ ।
(३) नेपाल सरकार वादी वा प्रतिवादी भएको मुद्दामा अदालतले उपदफा (१) बमोजिम मुद्दाको सुनुवाई वा कारबाहीको लागि तारिख तोकिएको सूचना सम्बन्धित सरकारी वकिलको कार्यालयलाई दिनु पर्नेछ ।