दफा १३
कारोबार गर्न नहुने
(१) सूचक संस्थाले ऐनको दफा ७ण. को उपदफा (१) बमोजिमको अवस्थाको ग्राहक र्‌ नियम ३, ४ वा ५ बमोजिम माग गरेको विवरण वा कागजात उपलब्ध नगराउने ग्राहकसँग व्यावसायिक सम्बन्ध कायम गर्न वा कारोबार गर्न हुँदैन।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नियम ३, ४ वा ५ बमोजिम माग गरेको कागजात तथा विवरण पेस गर्न नसकेको कारण खुलाई ग्राहकले सोलाई पुष्टि गर्ने कागजात तथा विवरण पेस गरेमा र त्यस्तो कारण मनासिब देखिएमा सूचक संस्थाले त्यस्तो ग्राहकको विवरण :अच्चावध्चिक गरी निजसँग व्यावसायिक सम्बन्ध स्थापना वा कारोबार गर्न बाधा पर्ने छैन।