दफा १८
कार्यकारी निर्देशकलाई पदबाट हटाउन सक्ने
(१) कार्यकारी निर्देशकले आफ्नो पदीय जिम्मेवारी इमान्दारीपूर्वक पूरा नगरेमा वा निजको कार्य सन्तोषजनक नदेखिएमा वा निज खराव आचरणमा लागेको छ भन्ने परिषद्लाई लागेमा न्याय परिषद्को सिफारिसमा प्रधान न्यायाधीशले निजलाई पदावधि समाप्त नहुँदै कार्यकारी निर्देशक पदबाट हटाउन सक्नेछ ।
तर त्यसरी पदबाट हटाउनुअघि निजलाई आफ्नो सफाई पेश गर्ने मौकाबाट वञ्चित गरिने छैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि वहालवाला न्यायाधीशको पदबाट खटिएको कार्यकारी निर्देशकलाई खराब आचरणको आधारमा गरिने कारबाही निजको सेवा शर्तसम्बन्धी कानूनबमोजिम हुनेछ ।