दफा ७
कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार
कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः–
(क) सभाको निर्णय र निर्देशनहरू कार्यान्वयन, गर्ने,
(ख) ……………….
(ग) सभामा प्रस्तुत हुने कार्यक्रम, बजेट, प्रगति विवरण, लेखापरीक्षण प्रतिवेदन र अन्य प्रस्तावहरू तयार गर्ने,
(घ) विश्वविद्यालयलाई प्राप्त दान–दातव्य ग्रहण गर्ने,
(ङ) विश्वविद्यालयको कोष र चल अचल सम्पत्तिको संरक्षण गर्ने र सभाको नीति तथा निर्देशन भित्र रही आवश्यकतानुसार बेचविखन गर्ने,
(च) विश्वविद्यालय अन्तर्गत सञ्चालित कार्यहरूको रेखदेख गर्ने,
(छ) विश्वविद्यालय सम्बन्धी नियमहरूको मस्यौदा तयार गर्ने र सभामा पेश गर्ने,
(ज) विश्वविद्यालयका शिक्षक तथा कर्मचारी एवं विद्यापीठका प्राचार्यहरूको नियुक्ति गर्ने,
(झ) शैक्षिक तथा प्रशासनिक कामको लागि आवश्यक शिक्षक तथा कर्मचारीको दरबन्दी तोक्ने ।