दफा ११
कार्यकारी परिषद््को काम, कर्तव्य र अधिकार
कार्यकारी परिषद््को काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः–(क)सभाको निर्णय तथा निर्देशन कार्यान्वयन गर्ने ,गराउने,(ख)विश्वविद्यालयलाई आवश्यक पर्ने वित्तीय स्रोत जुटाउन आवश्यक काम गर्ने,(ग)विश्वविद्यालय सम्बन्धी नियमको मस्यौदा तयार गरी स्वीकृतिका लागि
सभामा पेश गर्ने, (घ)विश्वविद्यालयलाई आवश्यक पर्ने शिक्ष्ाक तथा कर्मचारीको दरवन्दी स्वीकृतिकालागि सभामा पेश गर्ने,(ङ)विद्यार्थीबाट लिइने शुल्क, अध्ययन सामग्रीको मूल्य तथा विश्वविद्यालयले प्रदान गर्ने सेवाको शुल्क निर्धारण गर्ने, (च)विश्वविद्यालयकाशिक्षक, कर्मचारी तथा विद्यार्थीले पालना गर्नु पर्ने आचार संहिता
तयार गरी स्वीकृतिको लागि सभा समक्ष पेश गर्ने,(छ)खण्ड (च) बमोजिमको आचार संहिता विश्वविद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीले पालना गरे,
नगरेको अनुगमन गर्ने , गराउने र अनुगमन गर्दा गराउदा आचार संहिताको पालना गरेको नदेखिएमा कारबाही गर्ने, (ज)विश्वविद्यालयको नीति, वार्षिक कार्यक्रम, बजेट, प्रगति विवरण, लेखापरीक्षण प्रतिवेदन र अन्य प्रस्तावतयार गरी स्वीकृतिको लागि सभासमक्ष पेश गर्ने,(झ)विश्वविद्यालयद्वारा सञ्चालित शैक्षिक कार्यक्रमको समन्वय तथा निरीक्षणगर्ने र सोको प्रतिवेदन सभामा पेश गर्ने,(ञ)अध्ययन अनुसन्धानमा सहजताको लागि विद्युतीय पुस्तका लय तथा संग्रहालयको स्थापना तथा सञ्चालन गर्ने,
(ट)विश्वविद्यालयको कोष तथा चल, अचल सम्पत्तिको संरक्षण, नियन्त्रण, व्यवस्थापन तथा सञ्चालन गर्ने, गराउने,(ठ)विश्वविद्यालयलाई प्राप्त दान, दातव्य तथा आर्थिक सहयोग ग्रहण गर्ने,(ड)विश्वविद्यालयको नीति तथा कार्यक्रमको अधीनमा रही प्राज्ञिक, अनुसन्धानमूलक र पेशागत विकास सम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्न तथा सोका लागि आवश्यक सहयोग जुटाउने समेतका काम गर्न स्वदेशी वा विदेशी विश्विवद्यालय वा सस्थासँग सम्बन्ध कायम गर्ने,(ढ)विश्वविद्यालयको शिक्षक तथा कर्मचारीको तोकिए बमोजिम नियुक्ति तथा बढुवा गनर्े,ण)आफूले गर्ने कामका लागि आवश्यकता अनुसार समिति, उपसमिति वा कार्यटोलीको गठन गर्ने,(त)विश्वविद्यालयमा वित्तीय अनुशासन कायम राख्ने तथा बेरुजु फर्छ्यौट गर्ने, गराउने,(थ)तोकिए बमोजिमका अन्य कामहरु गर्ने।