दफा
परिभाषा
विषय वा प्रसङ्गले अर्काे अर्थ नलागेमा यस ऐनमा,–(क)“अध्ययन केन्द्र” भन्नाले दफा १६बमोजिमको अध्ययन केन्द्र सम्झनु पर्छ ।
(ख)“आधारभूत केन्द्र” भन्नाले दफा १५बमोजिमको आधारभूत केन्द्र सम्झनु पर्छ । (ग) “उपकुलपति” भन्नाले दफा १८बमोजिमको उपकुलपति सम्झनु पर्छ ।
(घ)“कार्यकारी परिषद््” भन्नाले दफा १० बमोजिमको कार्यकारी परिषद््सम्झनु पर्छ ।(ङ)“कुलपति” भन्नाले दफा१७बमोजिमको कुलपति सम्झनु पर्छ ।
(च)“कुल सचिव” भन्नाले दफा १९ बमोजिमको कुल सचिव सम्झनु पर्छ ।(छ)“डीन” भन्नाले संकायको प्रमुख सम्झनु पर्छ ।(ज)“तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।(झ)“निर्देशक” भन्नाले अध्ययन केन्द्र र आधारभूत केन्द्रको प्रमुख सम्झनुपर्छ ।
(ञ)“पदाधिकारी” भन्नाले दफा ६ बमोजिमका विश्वविद्यालयका पदाधिकारी सम्झनु पर्छ ।(ट)“प्राज्ञिक परिषद् ्” भन्ना दफा १२ बमोजिमको प्राज्ञिक परिषद्
सम्झनु पर्छ ।(ठ)“विश्वविद्यालय” भन्नाले दफा ३ बमोजिम स्थापना भएको नेपाल खुला विश्वविद्यालय सम्झनु पर्छ ।(ड)“शिक्षक” भन्नाले विश्वविद्यालयमा शिक्षा प्रदान गर्ने, अध्यापन वा विश्वविद्यालयद्वारा निर्दिष्ट प्राज्ञिक कार्य गर्ने,गराउने व्यक्ति सम्झनु पर्छ ।(ढ)“सङ्काय” भन्नाले दफा १४बमोजिमको सङ्काय सम्झनु पर्छ ।(ण)“सभा” भन्नाले दफा ७बमोजिमको विश्वविद्यालय सभा सम्झनु पर्छ ।