नियम ४
कार्यकारी समितिको काम, कर्तव्य र अधिकार
ऐनमा उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त कार्यकारी समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
क आयोगको योजना तर्जुमा, वार्षिक कार्यक्रम र बजेट सम्बन्धी कार्य गर्ने,
ख आयोगको कार्यक्रम कार्यान्वयन गर्न विश्वविद्यालय, प्रतिष्ठान र विषयगत काउन्सिलसँग समन्वय र सहजीकरण गर्ने,
ग आयोगको सङ्गठन र व्यवस्थापन सर्वेक्षण सम्बन्धी कार्य गर्ने,
घ आयोगबाट सम्पादन भएका कार्यहरूको अनुगमन तथा मूल्याङ्कन गर्ने वा गराउने,
ङ चिकित्सा शिक्षाका विभिन्न तह र विषयको मूल पाठ्यक्रम, शिक्षण विधि र उपाधि सम्बन्धी मापदण्ड स्वीकृतिका लागि आयोग समक्ष सिफारिस गर्ने,
च शिक्षण संस्था गाभ्ने सम्बन्धमा आवश्यक मापदण्ड तयार गरी स्वीकृतिको लागि आयोग समक्ष पेश गर्ने,
छ शिक्षण संस्था स्थापनाका लागि नक्शाङ्कन गरी आयोगमा पेश गर्ने,
ज नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजबाट सञूचालित अन्तिम परीक्षामा उत्तीर्ण विद्यार्थीलाई उपाधि प्रदान गर्न आयोग समक्ष सिफारिस गर्ने,
झ आयोगले तोके बमोजिमका अन्य काम गर्ने वा गराउने ।