नियम १७
कार्यसम्पादनमा आधारित सम्झौता गर्नुपर्ने
(१) ऐनको दफा २१ बमोजिम नियुक्त कार्यकारी निर्देशकसँग मन्त्रालयले कार्यसम्पादन सम्झौता गर्नु पर्नेछ ।

(२) ८ उपनियम (१) बमोजिम गरिने कार्यसम्पादन सम्झौतामा सामान्यतया देहायका कुरा समावेश गर्नु पर्नेछः-

(क): सम्झौता अवधिमा गरिने कामको विवरण र सोको मापनयोग्य लक्ष्य,

(ख। कार्यान्वयन कार्ययोजना,

(ग) कार्यसम्पादन मूल्याङ्कन विधि, तरिका र प्रक्रिया ।