दफा २२
कार्यालय खोल्नु पर्ने
(१) नोटरी पब्लिकले आपूmले काम गर्ने स्थानमा आफ्नो कार्यालय खोल्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको कार्यालय एकभन्दा बढी स्थानमा खोल्न पाइने छैन ।
(३) नोटरी पब्लिकले सवैले देख्ने गरी कार्यालय बाहिर आफ्नो नाम तथा प्रमाणपत्र संख्या रहेको साइन वोर्ड र कार्यालयभित्र प्रमाणपत्र राख्नु पर्नेछ ।