नियम ७९
कुनै एक पारिवारिक निवृत्तिभरण मात्र प्राप्त हुने
: यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि कुनै सशस्त्र प्रहरी कर्मचारीको परिवारलाई नियम ७४ वा ७५ वा ७६ बमोजिम प्राप्त हुने पारिवारिक निवृत्तिभरण मध्ये कुनै एक पारिवारिक निवृत्तिभरण मात्र प्राप्त हुनेछ ।