दफा १७
कुलपति
(१) कुलपति विश्वविद्यालयको प्रमुख हुनेछ।

(२) कुलपतिले विश्वविधालयको दीक्षान्त समारोहको अध्यक्षता गर्नेछ।

(३) परिषद्का सदस्यले दफा ७ को उपदफा (१) को खण्ड (च), (छ), (ज), (झ) र (ज) बमोजिम मनोनीत सदस्यमध्येबाट कुलपति छनोट गर्नेछन्‌।

(४) उपदफा (३) मा जुनसुकै .कुरा/लेखिएको भए तापनि यो ऐन प्रारम्भ भएपछि कुलपतिको नियुक्ति नभएसम्मको लागि दफा ७ को उपदफा (४) बमोजिमका ८ मनोनीत सदस्यमध्येबाट नेपाल विश्वविधालय पूर्वाधार निर्माण विकास समितिको सिफारिसमा मन्त्रालयले तोकेको सदस्यले संरक्षक परिषद्को अध्यक्षको रूपमा कार्य गर्नेछ।

(५) कुलपतिको पदावधि समाप्त हुनुभन्दा कम्तीमा तीन महिना अगावै छनोट प्रक्रिया-प्रारम्भ गर्नु पर्नेछ।

(६) कुलपतिको पदावधि चार वर्षको हुनेछ र निज अर्को कार्यकालको लागि पुनः नियुक्त हुन सक्नेछ।