दफा २८
निर्देशक
(१) अनुसन्धान केन्द्रको प्रमुखको रूपमा निर्देशक रहनेछ।

(२) मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरी सम्बन्धित-विषय र क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव हासिल गरेका व्यक्तिमध्येबाट उपकुलपतिको सिफारिसमा कार्यकारी परिषद्ले निर्देशक नियुक्ति गर्नेछ।

(३) निर्देशकको पदावधि चार वर्षको हुनेछ।