नियम १३६
केन्द्रीय लगत कट्टा समिति
(१) नियम १३५ बमोजिम पुराना कैद, जरिबाना वा सरकारी बिगो छुट दिई लगत कट्टा गर्ने समेतको कार्य गर्न निर्देशनालयमा देहाय बमोजिमको एक केन्द्रीय लगत कट्टा समिति रहनेछ:-
(क) प्रधान न्यायाधीशले तोकेको उच्च अदालतको मुख्य न्यायाधीश
वा न्यायाधीश                                                        –अध्यक्ष
(ख) प्रधान न्यायाधीशले तोकेको एक जना जिल्ला न्यायाधीश     –सदस्य
(ग) महानिर्देशक                                               –सदस्य–सचिव
(२)  केन्द्रीय लगत कट्टा समितिले बैठक सम्बन्धी आफ्नो कार्यविधि आफैँ व्यवस्थित गर्नेछ ।