दफा ३४
कोष खडा गर्न सकिने-
(१) सङ्कटापन्न वन्यजन्तु वा वनस्पतिकोसंरक्षण, संवर्धन, अध्ययन तथा अनुसन्धान समेतको लागि एउटा कोष खडा गर्न सकिनेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा जम्मा गरिने रकम, कोषको सञ्चालन तथा व्यवस्थापन र त्यसको आन्तरिक नियन्त्रण तोकिए बमोजिम हुनेछ ।
(३) उपदफा (१) बमोजिमको कोषको लेखाको लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ ।